२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आठ महिने शिशुको उपचारमा लापरबाही गर्दा कान्ति अस्पतालले तिर्‍यो ३० लाख क्षतिपूर्ति

२०८०, १२ श्रावण शुक्रबार ०९:१४

साउन १२, काठमाडौँ | कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो।

श्वासप्रश्वासमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्‍याइएका ८ महिनाका बालक आलोक बराललाई गलत सुइ दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश दिइएको छ। 

पीडित बालकका बुबा ध्रुवकुमार विश्वकर्माले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै मुद्दा हाका थिए। २०७३ साल असार २२ गते ती बालकलाई उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सीमा लगिएको थियो।

त्यही राति अर्कै बालकका लागि तयार पारिएको उक्त खोप आलोकलाई लगाइएको थियो। त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुने, दिसा, पिसाब चुहिने जस्ता लक्षणहरु देखिएको थिए। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको तर्फबाट डा आयुष्मा रेग्मीले तयार गरेको प्रतिवेदनअनुसार ती लक्षण मेनेन्जाइटिस मलेरियाको खोपको साइड इफेक्टबाट देखिने प्रमाणित हुने अदालतको ठहर  छ।

आदेशमा भनिएको छ, 'सो लक्षणहरु इन्जेक्सन मोन्टाजको साइड इफेक्टको लक्षणसँग मिलेको पाइयो। यसरी अस्पतालको लापरबाहीका कारण गलत औषधिको अधिक मात्रा  प्रयोग गरी आठ महिनाको बच्चाको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिक लगायतका असर परेको देखिँदा निज पीडित बालकलाई अस्पतालबाट क्षतिपूर्ति भराई दिनुपर्ने अप्रत्यक्ष दायित्व सृजना भएको देखियो।'

अस्पतालको लापरबाहीबाट बच्चाको स्वास्थ्यमा असर पुगेको बताउँदै जिल्ला क्षतिपूर्ति समिति काठमाडौंले १५ लाख रुपैयाँ अस्पतालले क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको थियो। त्यसपछि जिल्ला, उच्च हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै