मुग्लिन-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

Posted on: 29 Jul, 2023

साउन १३, चितवन | मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो ।

पहिरोले सडक अवरुद्ध हुँदा सो सडक भएर गुड्ने सवारी साधन र यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ । आज राति  १ बजे तिर सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो ।

पहिरोका कारण यस सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!