साउन १३, काठमाडौँ | सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरूमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन गरिएको छ।
आफूहरूलाई गरिखान नदिएको र नगर प्रहरीले चरम ज्यादती गरेको भन्दै साना व्यापाहरीले भृकुटिमण्डपस्थित महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसाय प्रतिबन्ध लगाउनुको साटो सबैलाई गरिखान दिन अन्य स्थानमा विकल्प दिनुपर्ने उनीहरूको भनाइ छ।
प्रदर्शनमा सहभागीहरूले बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो, गरिब होइन गरिबी हटाऊ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।