नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध

Posted on: 30 Jul, 2023

साउन १४, काठमाडौँ | नारायणगढ–मुग्लिङ सडक खण्ड आइतबार फेरि अवरुद्ध बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो बस्दा सडक अवरुद्ध बनेको हो । 

सडक दुईतर्फी अवरोध भएसँगै इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको  टोलीले सडक विभागसँग समन्वय गरी हटाउने पहल गरिरहेको कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!