नम्रता श्रेष्ठलाई जोडेर आत्महत्या दुरुत्साहनमा आकर्षित हुने ब्यहोराका समाचारहरू बाहिर आएका"/>
साउन १४, काठमाडौँ | मोबाइल परीक्षण रिपोर्टमा सुसाइड नोट भेटिएसँगै कलाकार सारुक ताम्राकारको आत्महत्या प्रकरण अब ‘क्लोज्ड’ भएको छ ।
यसअघि नायिका नम्रता श्रेष्ठलाई जोडेर आत्महत्या दुरुत्साहनमा आकर्षित हुने ब्यहोराका समाचारहरू बाहिर आएका थिए। तर सारुकको मोबाइलमा भेटिएको सुसाइड नोटमा उनले कसैलाई पनि आरोप लगाएका छैनन् ।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले अब यो घटनालाई आत्महत्या मानेर सुसाइड नोट समावेश गरी अनुसन्धान प्रतिवेदन पेश गरिने बताए।
‘अब सुसाइड नोट राखेर पेश गर्ने छौँ’, एसएसपी कार्कीले भने।