४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरायसी विवादपछि आफ्नै गाईबाख्रा बाँध्ने ग्वालीमा आगो लगाउने युवक प्रकाउ

१४ श्रावण २०८०, आईतवार ०९:२२

साउन १४, तेह्रथुम | छथर गाउँपालिका ६ सुदापमा आफ्नै ग्वालीमा आगो लगाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति आफ्नै ग्वालीमा आगो लगाएर फरार भएका २८ वर्षीय भानु बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक छिपिन्जो भोटेले जानकारी दिए ।

घरायसी विवादका कारण बस्नेतले ग्वालीमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट ग्वालीमा बाँधेका तीनवटा उन्नत जातका गाई, १० वटा बाख्रा, अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको वडाध्यक्ष महेन्द्र मादेनले बताए ।

शनिबार राति ११ बजे आगो लगाएर फरार भएका बस्नेतलाई आइतबार बिहान प्रहरीले स्थानीय चप्परी चोकबाट नियन्त्रणमा लिएको हो । आगलागीबाट ३० लाख मूल्य बराबरको क्षति भएको परिवारका अन्य सदस्यहरूले दाबी गरेका छन् ।

दुई दिनअघि परिवारका सबैलाई ज्यान मार्ने धम्की दिएर घरबाट बाहिरिएका बस्नेतले शनिबार राति सबै सुतिरहेको अवस्थामा गाईबाख्रा बाँध्ने ग्वालीमा आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आगलागीमा परी घरको आधाभन्दा बढी भाग जलेको घटनास्थल पुगेका जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ