झापामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 30 Jul, 2023

साउन १४, झापा | झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ | झापाको बिर्तामोड नगरपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका अर्जुनधारा नगरपालिका ११ का २८ वर्षीय पुकार केसी रहेका छन् ।

प्रदेश १-०२-०४३ प ८४७४ नम्बरको मोटरसाइकल आइतबार बिहान अनियन्त्रित भइ दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!