धादिङमा भतिजी बलात्कार गर्ने काकाविरुद्ध मुद्दा दर्ता

Posted on: 30 Jul, 2023

साउन १४, धादिङ |  १७ वर्षीया भतिजी बलात्कार गरेको आरोपमा शनिवार ३६ वर्षीया काकालाई प्रहरीले गिरफ्तार गरी आइतबार  हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।

बाबुले आमाको हत्या गरेपछि जेलमा बाबु रहेको र काकाको संरक्षणमा ४ वर्षदेखि  बस्दै आएकी बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक यही साउन १ गते घरमै बलात्कार गरेको पीडितले जानकारी दिएकी  छिन्  ।

पीडितको धादिङ अस्पतालमा शनिवार  स्वास्थ्य परीक्षण भयो । मावली पक्षको सहयोगमा धादिङ बेसीबाट उद्धार गरिएपछि पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

आरोपितलाई प्रहरीले शनिवार गिरफ्तार गरी हिरासतमा लिएर मुद्दाको अनुसन्धान गरिरहेको र पीडितलाई सुरक्षित आवास गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!