४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कास्कीको साँदल र कपुच गाउँ विकट रहेन

१५ श्रावण २०८०, सोमबार ०३:४९

साउन १५, कास्की | कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक रुपमा समेत विकट छन् । साँदल र कपुचेलाई झन विकट बनाएको छ सेती नदीले । हिउँदमा नदीमाथि बनाइएको बाँस र काठका फड्केबाट नदी वारपार गरे पनि बर्खामा भने स्थानीयवासीले नदी तर्न सास्ती बेर्होनुपर्दछ ।

पुल नहुँदा नदी वारपारका लागि घुमाउरो र अप्ठ्यारो बाटो हिँड्नुपर्दछ, एक घण्टाको समय लाग्छ । अहिले भने झोलुङ्गे पुल बनेसँगै स्थानीयको जीवनचर्यामा सहज बनेको छ । पुल बनेसँगै एक घण्टाको बाटो पाँच मिनेटमै वारपार गर्न सकिन्छ । स्थानीयवासीसमेत उत्साहित बनेका छन् ।

कपुजे र साँदल जोड्ने गरी सेती नदीमाथि ७९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो । यस पुलको निर्माण  तीन महिनामै सम्पन्न भएको छ । पुलको विसं २०७९ चैत २० गतेदेखि काम सुरु भएकामा गत असार २६ गते निर्माण सकिएर सञ्चालनमा आएको हो ।

माछापुच्छ्रे–१ का सरोजकुमार गुरुङले झोलुङ्गे पुल निर्माणले साँदलका नागरिक प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । उहाँका अनुसार विकट गाउँमा पुलबनेसँगै सुगममा परिणत भएको छ । उनले भने, “हिउँदयाममा अस्थायी व्यवस्था भए पनि वर्खामा यहाँका नागरिकले सेती वारपार गर्न ठूलो सास्ती र झन्झट थियो, समय पनि धेरै लाग्ने । अहिले झोलुङ्गे पुल बनेसँगै विकट गाउँ सुगम बनेको छ । स्थानीयको मुहारमा खुुसी छाएको छ ।”

पुल निर्माणका लागि माछापुच्छ्रे गाउँपालिकाले रु १७ लाख ७२ हजार ९९, टिविएसयु पोखराबाट रु १२ लाख १७ हजार बराबरका स्टिल पार्टस्, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट रु तीन लाख २० हजार एक सय ६९ र स्थानीय उपभोक्ताबाट जनश्रमदान रु एक लाख ८१ हजार तीन सय ६३ गरी कूल रु ३४ लाख ९१ हजार लागत रहेको माछापुच्छ्रे–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले गाउँपालिकाका विकट गाउँमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले आवश्यकताका आधारमा पालिकाका अन्य वडामा समेत लागत साझेदारीमा पुल निर्माण गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ