१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Posted on: 31 Jul, 2023

साउन १५, झापा | १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । झापाको कनकाई नगरपालिका-९ बस्ने २३ वर्षीय प्रवास राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो। 

राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!