प्रभात सुवेदी । असोज १५, बर्दिया ।
बर्दिया बबई नगरपालिका २ भुरीगाँउको रेडियो टाइगर एफ.एम. ८८.२ मेगाहर्जले आजदेखि आफ्नो औपचारिक प्रसारणको आरम्भ गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज १५, बर्दिया ।
बर्दिया बबई नगरपालिका २ भुरीगाँउको रेडियो टाइगर एफ.एम. ८८.२ मेगाहर्जले आजदेखि आफ्नो औपचारिक प्रसारणको आरम्भ गरेको छ ।

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

स्वतन्त्रताको जननी अभिव्यक्ति हो

२०७३, १५ आश्विन शनिबार ०९:४४

प्रभात सुवेदी । असोज १५, बर्दिया ।
बर्दिया बबई नगरपालिका २ भुरीगाँउको रेडियो टाइगर एफ.एम. ८८.२ मेगाहर्जले आजदेखि आफ्नो औपचारिक प्रसारणको आरम्भ गरेको छ ।


गत साउन १ गतेदेखि परीक्षाण प्रसारण आरम्भ गरेको यो रेडियोको औपचारिक प्रसारणको आरम्भ गर्नुहुँदै प्रमुख अतिथि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम् नेपाल पत्र    कार महासंघ केन्द्रिय सल्लाहकार पोषण के.सी. ले स्वतन्त्रताको जननी नै अभिव्यक्ति भएकोले कोही पनि व्यक्ति अभिव्यक्ति स्वतन्त्रताबाट बञ्चित हुन नहुने कुरा बताउनुभयो । साथै वहाँले सञ्चार माध्यमहरुले प्रगति गर्नका लागि मुलुकको राजनैतिक दुरावस्थामा सुधार आउनु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य एवम् मध्यपश्चिमाञ्चल संयोजक झलक गैरेले रेडियोलाई शुभकामना दिनुहुँदै रेडियोले स्थानीय स्रोताहरुलाई मेरो आवाज भन्ने महशुस गराउनु पर्ने कुरा राख्नुभयो । यसैगरी वहाँले जसरी नेपालभरी बर्दियाको टाइगर चर्चामा रहेको छ त्यसैगरी रेडियो टाइगर पनि सदा अगाडि रहन सफल होस् भनी शुभकामना दिनुभयो ।
मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मीनराज शर्माले बर्दियाका विकासका सम्भावनाहरुलाई उजागर गर्न यो रेडियोले महत्वपूर्ण भूमिका खेलोस् भनी शुभकामना राख्नुभयो ।
कृषि, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन, संरक्षण र विकासका लागि संचार भन्ने नारा सहित परीक्षण प्रसारणमा रहेको रेडियो टाइगरले आजदेखि आफ्नो नियमित कार्यक्रमहरु पनि सुरु गरिएको स्टेसनका प्रमुख भावुक योगीले बताउनुभयो ।


कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा, चुरे क्याम्पस बगनाहका प्रमुख कृष्णप्रसाद पौड्याल, बबई नगरपालिकाका कार्यकारी अधिकृत पितृभक्त गिरी लगायत स्थानीय वुद्धिजीवी, समाजसेवी, राजनैतिक दलका प्रतिनिधीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै समाज, राष्ट्र र समुदायको उत्थान, संरक्षण र विकासका साथै पर्यटन प्रवर्धन र विभिन्न उत्पादनहरुको बजार प्रवद्र्धनमा समेत सक्दो सहयोग गर्ने रेडियोले नीति लिएको योगीले बताउनुभयो ।
विभिन्न जनचेचना मुलक शन्देश र रेडियो कार्यक्रम प्रसारण गरी समुदायमा चेतना अभिवृद्धी गराउन सहयोग पु¥याउने उदेश्यका साथ रेडियो टाइगर एफ.एमले आजदेखि विभिन्न सूचनामूलक, समाचारमूलक, संरक्षणूलक, शिक्षाप्रद, ज्ञानवद्र्धक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु सुरु गरेको छ ।


बर्दियाका झण्डै साढे ४ लाख श्रोता सहित मध्य र सुदुरपश्चिम क्षेत्रका विभिन्न ४ वटा जिल्लाका अधिकांश भू–भागहरुमा समेत गरी रेडियो टाइगर एफ.एम. ८८.२ मेगाहर्ज करिब ७ लाख श्रोताहरु माझ रहने आशा लिईएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन