प्रभात सुवेदी । असोज १५, बर्दिया ।
बर्दिया बबई नगरपालिका २ भुरीगाँउको रेडियो टाइगर एफ.एम. ८८.२ मेगाहर्जले आजदेखि आफ्नो औपचारिक प्रसारणको आरम्भ गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज १५, बर्दिया ।
बर्दिया बबई नगरपालिका २ भुरीगाँउको रेडियो टाइगर एफ.एम. ८८.२ मेगाहर्जले आजदेखि आफ्नो औपचारिक प्रसारणको आरम्भ गरेको छ ।

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

स्वतन्त्रताको जननी अभिव्यक्ति हो

१५ आश्विन २०७३, शनिबार ०९:४४

प्रभात सुवेदी । असोज १५, बर्दिया ।
बर्दिया बबई नगरपालिका २ भुरीगाँउको रेडियो टाइगर एफ.एम. ८८.२ मेगाहर्जले आजदेखि आफ्नो औपचारिक प्रसारणको आरम्भ गरेको छ ।


गत साउन १ गतेदेखि परीक्षाण प्रसारण आरम्भ गरेको यो रेडियोको औपचारिक प्रसारणको आरम्भ गर्नुहुँदै प्रमुख अतिथि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम् नेपाल पत्र    कार महासंघ केन्द्रिय सल्लाहकार पोषण के.सी. ले स्वतन्त्रताको जननी नै अभिव्यक्ति भएकोले कोही पनि व्यक्ति अभिव्यक्ति स्वतन्त्रताबाट बञ्चित हुन नहुने कुरा बताउनुभयो । साथै वहाँले सञ्चार माध्यमहरुले प्रगति गर्नका लागि मुलुकको राजनैतिक दुरावस्थामा सुधार आउनु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य एवम् मध्यपश्चिमाञ्चल संयोजक झलक गैरेले रेडियोलाई शुभकामना दिनुहुँदै रेडियोले स्थानीय स्रोताहरुलाई मेरो आवाज भन्ने महशुस गराउनु पर्ने कुरा राख्नुभयो । यसैगरी वहाँले जसरी नेपालभरी बर्दियाको टाइगर चर्चामा रहेको छ त्यसैगरी रेडियो टाइगर पनि सदा अगाडि रहन सफल होस् भनी शुभकामना दिनुभयो ।
मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष मीनराज शर्माले बर्दियाका विकासका सम्भावनाहरुलाई उजागर गर्न यो रेडियोले महत्वपूर्ण भूमिका खेलोस् भनी शुभकामना राख्नुभयो ।
कृषि, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन, संरक्षण र विकासका लागि संचार भन्ने नारा सहित परीक्षण प्रसारणमा रहेको रेडियो टाइगरले आजदेखि आफ्नो नियमित कार्यक्रमहरु पनि सुरु गरिएको स्टेसनका प्रमुख भावुक योगीले बताउनुभयो ।


कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा, चुरे क्याम्पस बगनाहका प्रमुख कृष्णप्रसाद पौड्याल, बबई नगरपालिकाका कार्यकारी अधिकृत पितृभक्त गिरी लगायत स्थानीय वुद्धिजीवी, समाजसेवी, राजनैतिक दलका प्रतिनिधीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै समाज, राष्ट्र र समुदायको उत्थान, संरक्षण र विकासका साथै पर्यटन प्रवर्धन र विभिन्न उत्पादनहरुको बजार प्रवद्र्धनमा समेत सक्दो सहयोग गर्ने रेडियोले नीति लिएको योगीले बताउनुभयो ।
विभिन्न जनचेचना मुलक शन्देश र रेडियो कार्यक्रम प्रसारण गरी समुदायमा चेतना अभिवृद्धी गराउन सहयोग पु¥याउने उदेश्यका साथ रेडियो टाइगर एफ.एमले आजदेखि विभिन्न सूचनामूलक, समाचारमूलक, संरक्षणूलक, शिक्षाप्रद, ज्ञानवद्र्धक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु सुरु गरेको छ ।


बर्दियाका झण्डै साढे ४ लाख श्रोता सहित मध्य र सुदुरपश्चिम क्षेत्रका विभिन्न ४ वटा जिल्लाका अधिकांश भू–भागहरुमा समेत गरी रेडियो टाइगर एफ.एम. ८८.२ मेगाहर्ज करिब ७ लाख श्रोताहरु माझ रहने आशा लिईएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी