झापामा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Posted on: 01 Aug, 2023

साउन १६, झापा | झापामा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

झापाको कनकाई नगरपालिका- ४ कोटीहोममा आज बिहानको पिकअफ भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय शम्भु लिम्बुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

 मे ३ प ७०७९ नम्बरको मोटरसाइकलमा सवार मामा-भाञ्जालाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको पिकअप भ्यानले ठक्कर दिएको थियो।

शम्भु लिम्बुको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो | दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का सागर लिम्बुको भने अवस्था सामान्य रहेको प्रहरी कार्यालय झापाले जनाए |

ठक्कर दिने पिकअफ भ्यानको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!