२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतको हरियाणामा साम्प्रदायिक हिंसा भड्कियो, पाँचको मृत्यु

२०८०, १६ श्रावण मंगलवार १२:१७

साउन १६, काठमाडौँ | भारतको हरियाणास्थित नूंह जिल्लाको मेवात क्षेत्रमा विश्व हिन्दु परिषद्को ब्रज मण्डल यात्राको क्रममा हिंसापछि तनावमा स्थिति छ । नूंहमा दुई दिनका लागि कर्फ्यु लगाइएको छ । स्थितिमाथि नियन्त्रण पाउनका लागि पूरा इलाकामा प्यामिलिट्रीका १३ कम्पनी तैनाथ गरिएको छ । उता नूंहसँग जोडिएको राजस्थानको भरतपुरमा पनि अलर्ट जारी गरिएको छ । त्यहाँका चार इलाकामा पनि इन्टरनेट बन्द गरिएको छ । 

अब यो हिंसा नूंहपछि गुरु ग्रामसम्म फैलिएको छ । नूंहमा २ अगस्टसम्म इन्टरनेट बन्द गरिएको छ । नूंह, फरिदाबाद, गुरुग्राम र पलवलमा मङ्गलवार अर्थात् एक अगस्टसम्म सबै शिक्षण संस्था र कोचिङ सेन्टर बन्द हुनेछन् ।

बोर्डको १० औँ र १२ औँ परीक्षा पनि नूंहमा रद्द गरिएको छ । यो परीक्षा १ र दुई अगस्टमा हुने तय थियो । 

वास्तवमा नूंहमा सोमबार विश्व हिन्दु परिषद्को ब्रज मंडल यात्रामा समुदाय विशेषका मानिसले ढुङ्गा प्रहार गरेका थिए । यसैका कारण हिंसा भड्कियो । दुवै पक्षबीच ढुङ्गा हानाहान र गोली हानाहानसमेत भयो । यतिबेला गुडगावको होमगार्ड र गुरसेवकसमेत हालसम्म पाँच जनाको मृत्यु भएको छ । ५० भन्दा बढी प्रहरी अधिकारी, कर्मचारी र अन्य घाइते भएका छन् । 

तीन किलोमिटरसम्ममा जति पनि वाहन देखे, त्यसमा आगजनी

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार उग्र भीडले तीन किलोमिटरसम्म जे जति वाहन देखिए, त्यसमा आगो लगाइयो । डायल ११२ को गाडी जलाइयो । तोडफोड गरियो । आगो लगाउन प्रयास गरियो । केही पसलमा लुटपाटपछि आगो लगाइयो । हिरो बाइकको शोरुमबाट दुई सयभन्दा बढी मोटरसाइकल लुटियो । शोरुममा तोडफोड गरियो । कर्मचारीमाथि कुटपिट गरियो ।

यस्तै, सोमबार अबेर राति गुरुग्रामको एक मस्जिदमा पनि आगो लगाइएको छ । उक्त हमलामा मस्जिदका इमामको मृत्यु भएको र एक व्यक्ति गम्भीर घाइते भएका छन् । 

मस्जिदको प्रबन्धन समितिका अध्यक्ष असलम खानले बीबीसी हिन्दीसँग कुरा गर्दै मस्जिदका इमाम मोहम्मद सादको मृत्यु भएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै