२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डोटीका दुई वडाध्यक्षसहित जुवा खालबाट १० जना पक्राउ

२०८०, १७ श्रावण बुधबार ०५:३९

साउन १७, कैलाली । जुवा खालबाट डोटीका दुई वडा अध्यक्षसहित १० जना पक्राउ परेका छन् । मंगलबार धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको कलेल होटलबाट पूर्वीचौकी गाउँपालिका- २ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र ५ का अध्यक्ष खडक साउद परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

तासजुवा खेलिरहेको बेला प्रहरीले एक लाख ४ हजार ८१० रूपैयाँसमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्ने अन्यमा होटल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्वीचौकी-६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का रहेका छन् ।

यस्तै गोदावरी नगरपालिका-३ का ३२ वर्षीय कुवेर खड्का, पूर्वीचौकी-२ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल-सिलगढी नगरपालिका-६ का अविनाश कठायतलाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै