सङ्कल्प/पर्वत. पर्वतको पिपलटारी-बितलब स्थित पुर्णेश्वर उमाविमा कक्षा एघारमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिद्यालयलाई खेलकुद सामाग्री प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कक्षा १२ को आयोजना साथै छात्रा सरिता पौडेलको अध्यक्षता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  सङ्कल्प/पर्वत. पर्वतको पिपलटारी-बितलब स्थित पुर्णेश्वर उमाविमा कक्षा एघारमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिद्यालयलाई खेलकुद सामाग्री प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कक्षा १२ को आयोजना साथै छात्रा सरिता पौडेलको अध्यक्षता "/>
६ पुष २०८२, आईतवार
पर्बत - PBT

पुर्णेश्वरमा स्वागत तथा खेलकुद सामग्री प्रदान कार्यक्रम

१५ आश्विन २०७३, शनिबार १०:५८

 सङ्कल्प/पर्वत.
पर्वतको पिपलटारी-बितलब स्थित पुर्णेश्वर उमाविमा कक्षा एघारमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिद्यालयलाई खेलकुद सामाग्री प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कक्षा १२ को आयोजना साथै छात्रा सरिता पौडेलको अध्यक्षता तथा बिद्यालयका प्राचार्य सरोज के.शि को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सधैझै यस बर्ष पनि आफ्नो शैक्षिक लक्ष्य बोकि बिद्यालयमा नवआगन्तुक बिद्यार्थीलाई शैक्षिक सफलताको निम्ति कलम, अबिर र पुस्पगुच्छाले स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै बिद्यालयका शिक्षक तथा शिक्षिकाले बिद्यार्थीको लगनशीलता तथा सक्षमताले बिद्यालयले जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेको समयमा आगामी दिनमा पनि नवआगन्तुक विद्यार्थीले यस्तै उत्कृस्ट नतिजा बिद्यालयलाई दिलाउन कुशलता साथ अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो ।

त्यस्तै सोही कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला समिती पर्वतद्वारा बिद्यालयको समग्र खेलकुद क्षेत्रको बिकासका निम्ति बिद्यालयलाई आवश्यक खेलकुद सामाग्री समेत प्रदान गरिएको थियो ।

खेलकुद सामाग्री पुर्णेश्वर इकाइ कमिटीका अध्यक्ष सन्देश सुवेदीले बिद्यालयका प्राचार्य सरोज के.शि लाई प्रदान गर्नुभएको थियो ।

कक्षा १२ का छात्र कमल सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्राचार्य सरोज के.शि , शिक्षक टंकलाल भुसाल तथा लक्ष्मी अधिकारीले मन्तव्य राख्नुभएको थियो भने स्वागत हुने विद्यार्थीको तर्फबाट अन्जु सुवेदीले आफ्नो मन्तव्य राख्नुभएको थियो । साथै कार्यक्रममा ममता नेपाली ,करिश्मा नेपाली, मन्जु लामिछाने , मिना तिवारी , बिपना तिवारी, उषा तिवारी लगायतले गितमार्फत नवआगन्तुक विद्यार्थीको शैक्षिक अवस्था समुज्वल रहोस भन्ने कामना गरेका थिए भने कार्यक्रमको संचालन शिव सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति