२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कालापानी क्षेत्रमा मृत भेटिए भेडाबाख्रा चराउन गएका युवक

१८ श्रावण २०८०, बिहीबार ०९:३४

साउन १८, दार्चुला | भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा भेडा चराउन गएका नेपाली युवाको मृत्यु भएको छ । भेडाबाख्रा चराउन गएका १९ वर्षीय गोठाला विनोद ठगुन्नाको मंगलबार ढुंगा लागेर मृत्यु भएको आफन्तले जनाएका छन् । 

नौगाड गाउँपालिका-३ दल्लेकका स्थानीय विनोदको ढुंगा लागेर मृत्यु भएको भए पनि मृतकको शरीरमा कुनै चोटपटक नभएको आफन्तजनले बताएका छन् । स्थानीय मानसिंह मन्यालका अनुसार मृतकका बुबा अंगविरसिंह ठगुन्नालगायत आफन्तहरू बुधबार घटनास्थलतर्फ गएका छन् । उनले घटनास्थलको फोटो प्राप्त भएको र मृतकको शरीरमा कुनै प्रकारको चोटपटक देखिएको छैन ।

ढुंगा लागेर विनोदको मृत्यु भएको खबर आफन्तलाई भारतीय पक्षले बताएका छन् । मृतक विनोदले एक वर्षदेखि एक जना भारतीय व्यवसायीको दुई सयभन्दा बढी भेडाबाख्राहरू चराउने कार्य गर्दै आएका थिए । कालापानीभन्दा माथिल्लो क्षेत्रमा भेडाबाख्रा चराउन गएको अवस्थामा घटना भएको आफन्तले बताएका छन् । भेडाबाख्रा चराउन लेकाली फाँटमा गएका विनोद मंगलबार साँझसम्म बासस्थानमा नफर्किएपछि अन्य भेडाबाख्रा चराउनेहरूले खोजी गरेका थिए ।

कालापानीमा रहेका एसएसबी र आईटीबीपीका सुरक्षाकर्मीहरूको सहयोगमा उनको खोजी गरिएको थियो । मंगलबार राति २ बजे विनोद मृत भेटिएको खबर आफन्तलाई भारतीय पक्षले जानकारी गराएका थिए ।

घटनाबारे बुझिरहेको प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै