असोज १५, बुटवल । दशै नजिकिदै गर्दा रुपन्देहीमा दुर्गा भवानीको विभिन्न परम्परागत नाँच तथा पुजाआजा गरि मनाउन थालिएको छ । 

शक्तिका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १५, बुटवल । दशै नजिकिदै गर्दा रुपन्देहीमा दुर्गा भवानीको विभिन्न परम्परागत नाँच तथा पुजाआजा गरि मनाउन थालिएको छ । 

शक्तिका "/>

१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमै पहिलो पटक नाँचियो कालिका नाँच

१५ आश्विन २०७३, शनिबार ११:२५


असोज १५, बुटवल । दशै नजिकिदै गर्दा रुपन्देहीमा दुर्गा भवानीको विभिन्न परम्परागत नाँच तथा पुजाआजा गरि मनाउन थालिएको छ । 

शक्तिका रुपमा मनाइने यस पर्वमा दुर्गा भवानीको विभिन्न स्वरुपमा हिन्दु धर्मालम्बीहरुले रुपन्देहीका विभिन्न चोक चोकमा  कार्यक्रमहरु  आयोजना गरि देवीको पुजा गर्ने गरेका छन् । नाम थरी थरी रुप एउटै भने जस्तै दुर्गा भवानीको वाक, शची, उमाहेमावती, कालीका, कराली, महाकाली लगायतको शक्तिका रुपमा पुजा गरिदै आइएको छ । 

यसैक्रममा शुक्रबार बुटवलको देविनगरमा शक्तिका रुपमा नाँचिने कालिका देविको नाँच देखाइएको छ । लोप हुदै गएको कालिका नाँचलाई संरक्षण गर्ने उद्देश्यले कार्य नेपाल संस्थाले नाँचको आयोजना गरेको थियो । 

करिब पाँच हजार वर्ष पहिले दुर्गा भवानीले महीसासुर राक्षसलाई संहार गर्न कालीकाको स्वरुपमा राक्षसको संहार गरेपछि त्यसको विजय स्वरुप उहाँकै संझनामा नाँच नाँचिदै आइएको हो । सिन्धु घाँती सभ्यता अन्तरगत इसापुर्व २ हजार ८ सय वर्ष पहिले देखि आर्य समुदायहरुले कालिका नाँचको शुरुवात गरेको सस्कृत विद्य डा. गितु गिरिले बताए । 

पछि भुरे टाकुरे राजाहरुले आफ्ना शत्रुहरुलाई पराजित गरेपछि कालीका देवीको मन्दिर बनाइ शक्ति स्वरुप विभिन्न नाँचहरु देखाउन शुरु गरेको इतिहासमा उल्लेख छ । पछिल्लो समय नाँच लोप हुदै गएपछि कालिका नाँचको संरक्षण र संवद्र्धन गर्न अर्घाखाँचीको केरुङ्गा गाविसबाट कालिका नाँच मगाई विभिन्न जिल्लामा देखाउन शुरु गरेको कार्य नेपाल बुटवल समितिका अध्यक्ष लेखनाथ पराजुलीले बताए ।

 देबिनगर वाणिज्य क्याम्पस प्राङ्गणमा आयोजना गरिएको कालिका नाँचको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले कालिका देवीको फोटोमा माल्यार्पण तथा पुजाआजा गरि आरम्भ गरेका थिए । कार्यक्रमा बोल्दै ढकालले लोप हुदै गइरहेको हिन्दु धर्म र संस्कृतिसँग जोडिएको उपयोगितावाधी प्रवृति अन्तरनिहित यस परम्परालाई सबैले संरक्षण गर्नुपर्ने बताए । 

कार्य नेपाल सस्थाले आयोजना गरेको कालिका नाँचको प्रशंसा गर्दै प्रजिअ ढकालले युवावर्गहरुले हाम्रो कला र संस्कृतिको जर्गेना गर्न देखाएको तत्पर्तालाई सबैले सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै सस्थाका संरक्षक तथा समाजसेवी खिमानन्द पाण्डेले अगामि वर्षहरुमा पनि यस्ता लोप हुदै गएको कला र सस्कृतिको संरक्षणमा आफु  लागि पर्ने बताए । विजय उत्सवका रुपमा मनाइने धेरै लामो ऐतिहासिकता बोकेको यस कालिका नाँचलाई हरेक वर्ष आयोजना गरिने पनि उनले बताए । 

बुटवलमा पहिलो पटक आयोजना गरिएको कालिका नाँच हेर्न दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । रातको समयमा मात्र नाँचिने यस नाँचमा कालिका, बाघ, रातीका र सेतीका रुपमा विभिन्न तालमा नाँच देखाइएको थियो ।

 बेला बेलामा दर्शकहरुलाई रमाइलो बनाउन जोर्करको मुकुट र भेषमा जोक्करले मनोरञ्जन दिइरहेको थियो । कलाकालहरुले विभिन्न १० विधामा नृत्य देखाएका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दिपक ज्ञवाली, स्थानीय शान्ति समिति रुपन्देहीका पूर्व संयोजक ज्ञानु पौडेल, केरुङ्गेली सम्पर्क समाज रुपन्देहीका उपाध्यक्ष गणेश श्रेष्ठ, देबीपुर सेवा समाज रुपन्देहीका अध्यक्ष दुर्गा खनाल, अर्घाखाँची सम्पर्क समाजका उपाध्यक्ष देबी श्रेष्ठ, भगवती सम्पर्क समाज रुपन्देहीका अध्यक्ष कुलचन्द्र पाण्डे, लुम्बिनी अञ्चल प्रहरी प्रमुख शेर बहादुर बस्नेत, रुपन्देही जिल्ला प्रहरी प्रमुख बुद्धि बहादुर गुरुङ्ग, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी लगायतको उपस्थिती रहेको थियो । 

सस्थाका अध्यक्ष राजीव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी अमृता अनमोलले गरेकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना