भाष्कर केसी/असोज १५, कञ्चनपुर  । आज विहान महाकाली अञ्चल अस्पतालका बिरामीहरुलाई फलफलु र समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई चाउचाउ तथा फलफुल वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भाष्कर केसी/असोज १५, कञ्चनपुर  । आज विहान महाकाली अञ्चल अस्पतालका बिरामीहरुलाई फलफलु र समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई चाउचाउ तथा फलफुल वि"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस भव्यताका साथ सम्पन्न

१५ आश्विन २०७३, शनिबार १२:०७


भाष्कर केसी/असोज १५, कञ्चनपुर  । जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आज विहान महाकाली अञ्चल अस्पतालका बिरामीहरुलाई फलफलु र समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई चाउचाउ तथा फलफुल वितरण गरिएको थियो । त्यसैगरी शुक्रबार बेतकोट नगरपालिकाको रौटेला स्थित वृद्धाश्रममा वृद्धवृद्धालाई फलफुल र कपडा वितरण गरेको थियो । 

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा एक समारोहको आयोजना गरी धुमधाम सँग मनाइएको छ । समारोहमा ९० वर्ष भन्दा बढी भएका क्यापटन शशिराम क्षेत्री, क्यापटन पदम थापा, धनमाया भण्डारी र हरुली देवी नेगीलाई सम्मान स्वरुप दोसल्ला प्रमाणपत्र र नगद रु. ५००।– प्रदान गरिएको थियो । 

विभिन्न विद्यालयका विद्यार्थीहरु बिच संगीत प्रतियोगिता, महिला लोकगीत प्रतियोगिता आयोजना गरिएको थियो । जसमा महिलाहरु तर्फ प्रथम, द्वितिय, तृतिय क्रमशः गरिमा बम, सरस्वती रावल र सरस्वती दाहल भएका थिए, भने छात्र–छात्रा तर्फ तेज बहादुर बोहरा, गोबिन्द बोहरा दिपा भट्ट भएका थिए उनीहरुलाई प्रमाण पत्र र नगद रु ५००, ३००,२००।– प्रदान गरिएको थियो । 

जेष्ठ नागरिक समाज कञ्चनपुरका अध्यक्ष गंगाराम गिरीको सभापतित्वमा भएको उक्त समारोहका प्रमुख अतिथि राष्ट्रियसभाका भु.पु. माननिय गंगा दत्त जोशी रहनु भएको थियो भने कार्यक्रम संचालन गोबिन्द सिह विष्टले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने