२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपामा केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुन मास्टर्स डिग्री चाहिने

२०८०, १९ श्रावण शुक्रबार ०७:११

साउन १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुन मास्टर्स डिग्री अध्ययन गरेको हुनुपर्ने व्यवस्था गरेको छ । रास्वपाको संगठात्मक ढाँचामा केन्द्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समिति रहने व्यवस्था गर्न लागेको हो ।

यस्तै, विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुनको लागि मास्टर्स डिग्री नभएकाको हकममा सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव वा मास्टर्स डिग्री नभए र अनुभव पनि नभए सम्बन्धित क्षेत्रमा असाधारण सफलता हासिल गरेको हुनपर्ने प्रवक्ता मुकुल ढकालले बताए ।

उनले भने, ‘समितिको सदस्य हुन चाहिने मापदण्ड भनेको भेला वा अधिवेशनबाट निर्वाचित हुनु हो । यसमा पार्टी सदस्यबाहेक अन्य मापदण्ड तोकिएको छैन । त्यस्तै केन्द्रीय समितिअन्तर्गत रहने गरी केन्द्रीय विभागहरू, प्रदेश समितिअन्तर्गत रहने गरी प्रदेश विभागहरू र पालिका समिति अन्तर्गत रहने गरी पालिका विभागहरू हुनेछन् ।’

पार्टीलाई आवश्यक विज्ञताका लागि ३६ वटा विभागहरूको व्यवस्था गरेको ढकालले जानकारी दिए । अर्थ नीति विभाग, शिक्षा विभाग, स्वास्थ्य विभाग, कृषि विभागलगायत विभागको व्यवस्था गरिएको उनको भनाइ छ ।

उनले प्रदेश विभागको सदस्य र पालिका विभाग प्रमुख हुनका लागि स्नातक (डिग्री) वा ५ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनपर्ने बताए ।

पालिका विभाग सदस्यका लागि १२ पास वा २ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड रास्वपाको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै