२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतले निर्यात रोकेपछि चामलको भाउ अचाक्ली, मनोमानी मूल्य बढाउनेलाई यस्तोसम्म कारबाही

२०८०, १९ श्रावण शुक्रबार ०८:५९

साउन १९, काठमाडौँ | भारतले साउन ४ गते बासमतीबाहेकको सेतो चामलको निर्यात बन्द गर्ने घोषणा गरेपछि नेपाली बजारमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ । भारतको घोषणाको एक साता नपुग्दै नेपाली बजारमा व्यापारीहरूले चामलको भाउ बढाउन थालेका छन् । अहिले एक बोरामा ५ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको गुनासो उपभोक्ताले गरिरहेका छन् ।

तर, मनलाग्दी मूल्यवृद्धि नियन्त्रण गर्न छाडेर सरकार विज्ञप्ति, पत्राचार र निर्देशनमात्र गरेर बसिरहेको छ । बुधबारमात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको सूचना जारी गर्‍यो । अनुगमन प्रभावकारी नहुँदा निर्देशन कार्यान्वयन फितलो छ ।

कोटेश्वरकी रुपा काफ्ले एक सातामै ३ सयभन्दा बढी तिरेर एक बोरा चामल किनेको सुनाउँछिन् । मीनभवनका विष्णु गुरुङले पनि २ सय रुपैयाँ बढी तिरेर चामल ल्याएकाे बताए ।

यस्तै गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बिक्री गर्न निर्देशन दिएको हो ।तर, खुद्रा व्यापारीहरू भने होलसेलबाटै भाउ बढेकाले महँगो परेको जवाफ दिन्छन् ।

विभागका प्रवक्ता होमनाथ भट्टराई ३ वटा अनुगमन टोली बनाएर अनुगमन भइरहेको बताउँछन् ।

‘अहिले विशेष गरी चामलको मूल्यवृद्धिमा फोकस भएका छाैं । अर्कोतर्फ ग्यासको मूल्य घटे पनि व्यापारीहरूले बढाएरै बेचेको भन्ने गुनासो आएपछि आयल निगमसँग मिलेर पनि अनुगमन भइरहेको छ’, प्रवक्ता भट्टराईले भने ।

उनले थपे, ‘भारतमै धानको मूल्यवृद्धि र नेपालमा ढुवानी भाडा बढेका कारण चामलको भाउ बढाइएको व्यापारीहरूले भनिरहेका छन् । तर, उक्त तर्क कतिको तथ्यपरक छ । त्यसमा हामीले अनुसन्धान गरिरहेका छौं ।’

मूल्यवृद्धि गर्नेलाई ३ लाखसम्म जरिबाना

चामलको भाउ उपभोक्ताको भान्सासम्म पुग्दा अस्वाभाविक बढाएको प्रमाणित भए उपभोक्ता संरक्षण ऐन २०७५ आकर्षित हुनेछ । यसमा अनुगमनस्थलमै ५ हजारदेखि ३ लाख रूपैयाँसम्म जरिबाना हुने विभागले जनाएको छ । अर्कोतर्फ कसूरको मात्रा र प्रकृतिको आधारमा मुद्दासमेत दायर हुनेछ ।

जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम र विभागको दैनिक ३ वटा संयुक्त टोलीमार्फत अनुगमन भइरहेको छ ।

कति समयलाई पुग्ने चामल छ नेपालसँग ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्याल नेपालमा सरदर ५५ लाख मेट्रिक टन धान उत्पादन हुने बताउँछिन् । उनका अनुसार वार्षिक करिब ६ लाख मेट्रिक टन धान तथा चामल आयात हुँदै आएको छ ।

यस पटक धानको उत्पादन बढाउन कृषि मन्त्रालयले सिंचाइको लागि ऊर्जा जलस्रोत तथा सि‌चाइ मन्त्रालयसँग समन्वय गरिरहेको प्रवक्ता शिवाकोटीको भनाइ छ । अघिल्लो वर्ष साढे १४ लाख हेक्टर क्षेत्रफलमा धानको रोपाइँ भएको थियो भने उत्पादन झन्डै ५५ लाख मेट्रिक टन थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार हाल ९२ हजार ४०१ क्विन्टल चामल मौज्दात रहेको छ । आपूर्ति व्यवस्था खलबलिएको बेलामा यही चामल सरकारले वितरण गर्न राखेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदी न्यौपानेले बताइन् ।


हाल देशको कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान २४ प्रतिशत छ । कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको मात्रै योगदान १५ प्रतिशत रहेको छ ।

नेपालमा धेरैजसो चामल भारतबाटै आयात हुन्छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने यसका अलावा इन्डोनेसिया, इटाली, जापान, कोरिया, अमेरिकादेखि ओमानसम्मको चामल नेपालमा आयात भएको देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा १५ अर्ब ९१ करोड २० लाख रुपैयाँ बराबरको विभिन्न खालको चामल आयात भएको तथ्यांक विभागसँग छ । अमेरिकाबाट मात्रै १९ करोड ३६ लाख ३२ हजार रूपैयाँ बराबरको बासमती चामल भित्रिएको छ । यता ब्राउन राइस चीन, भारत र थाइल्याण्डबाट आएको छ ।

नेपाल चामल, तेल, दाल तथा उत्पादक संघका निवर्तमान अध्यक्ष सुवोधकुमार गुप्ता नेपालसँग अझै करिब ३ महिनालाई पुग्ने धान रहेको बताउँछन् । मंसिरदेखि नयाँ धान आउने भएकाले चामलको अभाव नहुने उनको तर्क छ ।

अहिले भारतको निर्णयभन्दा पनि धानमा आएको मूल्यवृद्धिका कारण चामलको मूल्य बढेको गुप्ताको तर्क छ । नेपालमा ७० लाख मेट्रिक धानको माग छ । तर, उत्पादन ५५ लाख छ । बाँकी १५ लाख मेट्रिक टन धान भारतबाट ल्याउने गरिएको छ ।

गुप्ता भन्छन्, ‘भारतले कुनै पनि देशको सरकारले माग गरेको खण्डमा उपलब्ध गराउने भनेको छ । यदि, सरकारीस्तरबाटै माग भएमा भारतले निर्यात गर्न दिनेछ ।’

‘अहिले चामल निर्यात रोकिनु नेपालमा बन्द भएका राइस मिलहरू फेरि सञ्चालन हुने अवसर हो । हामीलाई चामल होइन धान चाहिएको छ’, गुप्ताले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै