नगरपालिकाको लेटरप्याड किर्ते आरोपमा विद्यालय सञ्चालक र प्याब्सन नगर अध्यक्ष पक्राउ

Posted on: 04 Aug, 2023

साउन १९, जनकपुरधाम | धनुषाको सबैला नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा एक निजी विद्यालयका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैला नगरपालिका ४ स्थित युनाइटेड इन्टरनेशनल एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलका संचालक शत्रुधन कापर र प्याप्सनका नगर अध्यक्ष खुशिलाल महतो पक्राउ परेका हुन् । महतो क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका स्थायी बासिन्दा छन् ।

उनी दुवै जना अहिले ईलाका प्रहरी कार्यलय सबैलाको नियन्त्रणमा छन् । नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा उजुरी परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।

स्रोतका अनुसार प्रहरीले नगरपालिकाको लेटरप्याड किर्ते गर्न सहयोग गरेका एक एक कम्प्युटर सेन्टरका संचालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!