७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on: 05 Aug, 2023

साउन २०, चितवन | चितवनमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । 

इच्छाकामना गाउँपालिका-३ बस्ने ४५ वर्षीय मेघबहादुर चेपाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका-३ डुसा सामुदायिक बनमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!