पहिरोको कारण हेटौँडा-काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध

Posted on: 06 Aug, 2023

साउन २१, काठमाडौँ | पहिरोको कारण हेटौँडा-काठमाडौं त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ ।

आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा ठूलो ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!