सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको सिसहनियाँ कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा शनिवार सिसहनियाँ—५ कालापानी स्थीत खौराह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको सिसहनियाँ कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा शनिवार सिसहनियाँ—५ कालापानी स्थीत खौराह"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनियाँ कृषि सहकारीको सातौँ साधारण सभा सम्पन्न

१५ आश्विन २०७३, शनिबार १३:३१

सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको सिसहनियाँ कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा शनिवार सिसहनियाँ—५ कालापानी स्थीत खौराहबाबा पर्यटकीय स्थलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण राउतको अध्यक्षता एवम् सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक कार्ययोजना प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नारायण राउतले आर्थिक वर्ष २०७३÷०७४ मा सहकारी कृषि खेती गर्ने, संस्थाको भवन निमार्ण गर्ने, संस्थाको कारोवार ८ करोड सम्म पु¥याउने, सहकारी अवलोकन भ्रमण गर्ने, स्टक जाँच गर्ने, शेयर मुल्याङकन गर्ने लगायतका विषयमा जानकारी गराएका थिए । 


सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश विष्ट र लेखा परिक्षण प्रतिवेदन लेखा संयोजक रामनारायण चौधरीले प्रस्तुत गर्नु भएको थियो । संस्थाकी उपाध्यक्ष भगवता शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिक, प्रभात बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष शनिराम चौधरी, पत्रकार ओमप्रकाश गुप्ता र संस्थाका सल्लाहाकार धर्मराज वैरागी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा संस्थाले सञ्चालन गरेको सस्तो पसलको नियमित ग्राहकको रुपमा सिसहनियाँ—५ पहरुवाका बासुदेव ज्ञवाली, सोही ठाउँका शिशिर चौधरी, कालापानीका शिवनारायण चौधरी र भगवानपुरका कुजु चौधरीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो भने उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव गरिवु चौधरीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव