२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एक अनौठो रोग : जसले गर्दा मानिस खाना खाएपछि रुन थाल्छन्

२०८०, २१ श्रावण आईतवार १२:००

एजेन्सी | कुनै चोटपटक वा कुनै पीडाहुँदा सामान्यतया मानिसको आँखाबाट आँसु आउछ । तर, रूनु बाहेक कहिलेकाही खुसीमा पनि आँखाबाट आँसु आउँछ ।

तर, के कहिले सुन्नु भएको छ कि खाना खाँदा मानिस रून थाल्छ? सायद कमैले । खाना धेरै तातो वा अमिलो पिरोहुँदा आँखाबाट आँसु आउनु स्वभाविक कुरा हो । संसारमा एउटा यस्तो रोग छ, जुन खाना खाएपछि मानिसको आँखाबाट आँसु आउछ। यो एक प्रकारको रोग हो, यसलाई ‘क्रोकोडाइल टियर सिन्ड्रोम’ भनिन्छ ।

खाना खाँदा मानिसको आँखाबाट आँसु आउनु ‘क्रोकोडाइल टियर्स सिन्ड्रोम’ रोगको कारण हो। यस सिन्ड्रोमबाट पीडित व्यक्तिको रूनुको खानाको स्वाद वा तिर्खासँग कुनै सरोकार हुँदैन । न त मसालेदार खानाको कारणले यस्तो हुन्छ ।

यसको कारण ‘लैक्रिमल ग्रन्थि’ हो। यस ग्रन्थीमा नराम्रो प्रभाव परेमा यो सिन्ड्रोम स्वतः उत्पन्न हुन्छ र त्यस्ता रोगीहरूले खाना खाँदा आफूमाथि नियन्त्रण राख्दैन । यो सिन्ड्रोमलाई गुस्टो लक्रिमेसनपनि भनिन्छ ।

अडिटिटी सेन्ट्रलको रिपोर्ट अनुसार चीनमा झाङ नामका व्यक्ति यो रोगबाट पीडित छन्।

जब उनले मुखमा खानाको टुक्रा राख्छन्, उनको आँखाबाट आँसु बग्न थाल्छ ।

रिपोर्टका अनुसार झाङ क्रोकोडाइल टियर सिन्ड्रोम हुनुअघि ‘फेसियल प्यारालाइसिस’बाट पीडित थिए। यो गम्भीर रोगबाट बाहिर निस्कदै गर्दा उनलाई अर्को रोगले सताएको थियो ।

रिपोर्टका अनुसार विश्वभरबाट करिब ९५ जना यस रोगबाट पीडित छन्। यो चिन्ताको विषय हो कि डाक्टरहरूसँग यो रोगको कुनै सही उपचार छैन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै