३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्वीन्टल सुनको थप अनुसन्धान जिम्मा राजश्वले प्रहरीलाई सुम्पियो

२१ श्रावण २०८०, आईतवार १२:१३

साउन २१, काठामाडौँ । राजस्व अनुसन्धान विभागले साउन २ गते नियन्त्रणमा लिएको एक क्वीन्टल सुनको अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ । पत्रकार सम्मेलनमार्फत बाँकी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

उनले भने, ‘राजस्व अनुसन्धानका विषयमा अनुसन्धान गर्दै जाँदा योसँग अन्य कानून पनि आकर्षित हुने देखियो । संगठितरूपमा सुनको तस्करी गर्ने तथा व्यापार गर्ने विषय नेपालमा प्रचलित कानूनअनुसार संगठित अपराधसम्बन्धी ऐन आकर्षित हुन्छ । त्यो आकर्षित हुने कानुन र थुप्रै अवयवहरूलाई अनुसन्धानको क्रममा फेला पारेका छौं । योसँग सरोकार राख्ने नेपाल सरकार महान्यायधिवक्ता, नेपाल प्रहरी र विभाग बसेर छलफल गरेपनि यो वृहत् विषय भएकाले यसको अनुसन्धानका लागि नेपाल प्रहरीलाई पनि सामेल गराउँदा बढी यथार्थपरक हुने निर्णय गर्‍यौं ।’

विभागले सो सुनको विषयमा साउन ३ गतेदेखि अनुसन्धान अघि बढाएको थियो । हालसम्म १८ जनालाई विभागले हिरासतमा राखेकोमा एकजनालाई भने चाहिएको बेला शर्तमा छाडिएको छ । अहिले यो प्रकरणमा १४ नेपाली, १ जना चिनियाँ, १ जना भारतीय र १ जना बेल्जियम नागरिक छन् । विभागले गरेको हालसम्मको अनुसन्धान, प्रमाण, हिरासतमा लिएका व्यक्तिको विवरण समेत नेपाल प्रहरीलाई पठाउने निर्णय गरेको छ ।

ढुंगाना भन्छन, ‘ट्रान्सबोर्डरमा भएको अपराधको अनुसन्धानमा संलग्न निकायले यसमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने हामीले महसुस गरेका छौं । त्यसैअनुसार बाँकी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको हो ।’

हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना हो । बूढानीलकण्ठ ठेगाना भएको ‘रेडी ट्रेडर्स प्रालि’ को नाममा विमानस्थल भन्सारले उक्त ब्रेक सु जाँचपास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन