सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । देउखुरीको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ । संस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । देउखुरीको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ । संस"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको महाप्रभु सहकारीको नवौँ बार्षिक साधारण सभा सम्पन्न

१५ आश्विन २०७३, शनिबार १४:१२

सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । देउखुरीको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवम् जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गोबिन्दप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राष्ट्रिय सहकारी बैङ्कका शाखा प्रबन्धक नारायणप्रसाद बेल्बासेको बिशिष्ट आतिथ्यमा भएको सभामा संस्थाका सचिव हिमानन्द पाण्डेले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण पौडेलले आर्थिक प्रतिवेदन तथा लेखा समिती संयोजक नुमानन्द सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।


संस्थाका शिक्षा समितीकी सदस्य शारदा भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाले गा्रमिण भेगका उद्यमी, किसानहरुलाई अधिकतम सेवा प्रभाव गर्नु पर्ने बताएका थिए । उनीहरुले सहकारी संस्था अझै पनि गरिब गुरुवाको घर सम्म पुग्न नसकेको भन्दै गा्रमिणमुखि हुनुपर्ने बताएका थिए । सो अवसरमा संस्थाले जेष्ठ नागरिक सधनी चौधरी, गंगाराम पोख्रेल, असल बचतकर्ता सुर्यबहादुर गिरी, असल ऋणी भुमिदेवी पुन, असल बाल बचतकर्ता प्रमिला चौधरीलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ । कार्यक्रममा स्वर्गद्धारी गा्रमिण बिद्युत सहकारी संस्थाका अध्यक्ष बिश्वराज आचार्य, बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेव चौधरी, लालमटिया गाविस सचिव दामोदर पोख्रेल र पत्रकार महेश रिजाल लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हिमानन्द पाण्डेले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव