२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौंबाट औषधि भनेर पठाएको झोलामा एउटा प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि…

२०८०, २२ श्रावण सोमबार ०७:५५

साउन २२, काठमाडौँ | बैतडीको पाटन नगरपालिका-८ खोडपेमा बेवारिसे अवस्थाको सुन फेला परेको छ । काठमाडौंबाट दार्चुलाका लागि छुटेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केही सामग्रीमा सुन आइतबार बिहान फेला परेको हो ।

खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरूले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ । पाटन-८ का एक स्थानीयका आफन्तले काठमाडौंबाट औषधि भनेर पठाएको झोलामा एउटा प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि इन्ट्री पोष्टमै राखेका थिए । प्रहरीलाई शंका लागेपछि बरामद गरेर सुरक्षित राखिएको छ ।

इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमलप्रसाद चौधरीको नेतृत्वमा खटिएको टोलीले सुन बरामद गरेर इलाका प्रहरी कार्यालय पाटनमा लगेको छ ।

८३ ग्राम ५२० मिलिग्राम करिब ७ तोला अढाई आना परिमाणको सुन भेटिएको र बिलसमेत नरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख इन्सपेक्टर चौधरीले जानकारी दिए । यद्यपि दार्चुलाका एक व्यापारीले सुन आफ्नो रहेको र बिलसमेत रहेको फोनमा बताएका छन् ।

शंकास्पद लागेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै