२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

२०८०, २२ श्रावण सोमबार ०८:४६

साउन २२, काठमाडौँ | कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस धामसमेत जोखिममा परेको स्थानीयवासीको गुनसो छ ।

“विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पुर्याएको छ”, स्थानीयवासी महेन्द्र बोहरा भन्छन्, “समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।” कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण र सम्वद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उनको माग छ ।


लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र  आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । “बेदकोटको चिनारीको रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ”, अर्का स्थानीयवासी कपिल जोशी भन्छन्, “यो नगर  विदेशमा समेत परिचित  छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।”

लिङ्गेश्वर क्षेत्रमा केहीवर्ष अघि निर्माण गरिएको मन्दिर, मूर्ति पर्यटकका लागि तस्बिर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ समेत बाढीले भत्काएको छ । “नदीले कटान गरेर लिङ्गेश्वर क्षेत्र जोखिममा छ, केहीवर्ष अघि निर्माण गरिएको मन्दिर बगाएको छ”, बेदकोट नगरपालिका–४ का गणेशदत्त भट्टको गुनासो छ  । 

बलियो तटबन्ध निर्माण गरेर यस धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गरिनुपर्नेमा उनी जोड दिन्छन् । आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दैजी बजारबाट करिब आठ किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रमा रहेको लिङ्गेश्वर धामको मनमोहक दृष्यले हरेकको ध्यान तान्ने गरेको छ । 

चारैतिर हरियाली र शान्त वातावरण रहेको र करिब पाँच सय मिटर फराकिलो  लिङ्गेश्वरको दृष्य मनमोहक छ । यस क्षेत्रको प्रचारप्रसार भएसँगै अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको भनाइ छ । लिङ्गेश्वर धामको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै