२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङमा ३५ वर्षीया महिलामाथि धारिलो हतियार प्रहार

२०८०, २२ श्रावण सोमबार ०८:५८

साउन २२, धादिङ | धादिङमा एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ। आइतबार अपराह्न ४ बजे धादिङको खनियावास गाउँपालिका-४ दार्खाकी ३५ वर्षीया अञ्जु सिंखडामाथि धारिलो हतियार प्रहार भएको हो।

प्रहरीका अनुसार अञ्जुकी छिमेकी ३० वर्षीय सागर पौडेलले उनीमाथि धारिलो हतियार प्रहार गरेका हुन्। पौडेललाई आइतबार नै पक्राउ गरिएको प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार सागर र अन्जु  छिमेकी हुन्। ‘घरनजिकैको बारीमा घाँस काट्न गएका रहेछन्। घाँस काट्न लगेको खुर्पाले महिलामाथि प्रहार गरेको रहेछ,’ प्रहरीले भने।

युवकले महिलोको हातमा दुइपटक र टाउकोमा एकपटक खुर्पा प्रहार गरेको प्रहरीले भने। उनको हात र टाउकोमा गम्भीर चोट लागेको छ। गम्भीर घाइते अन्जुलाई हिजै काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको छ।

पौडेललाई भाग्दै गरेको अवस्थामा घटनस्थलबाट केही पर पक्राउ गरिएको प्रहरीले जानकारी दिए। सामान्य सोधपुछका क्रममा उनले आफूसँग ठूलो स्वरले बोलेको कारण खुर्पाले हानेको बताएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका पौडेल यसअघि पनि आपराधिक गतिविधिमा संलग्न थिए। यस्तै प्रक्रितिको घटनामा जेल सजाय भोगेर उनी चार पाँच महिनाअघि मात्रै जेलबाट छुटेको प्रहरीले जानकारी दिए। उनलाई हिजै जिल्ला प्रहरी कार्यालय पठाइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै