२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बानेश्वरमा सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच के विषयमा भयो कुराकानी?

२०८०, २२ श्रावण सोमबार ११:२७

साउन २२, काठमाडौँ  | सदनको अवरोध हटाउनेबारे सत्ता र प्रमुख प्रतिपक्षी नेकपा एमाले बीचको छलफल निष्कर्षविहीन भएको छ।

सोमबार अपराह्न संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता र प्रमुख प्रतपक्षी दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र तिनै दलका प्रमुख सचेतक र सचेतक बैठकमा सहभागी थिए। छलफल बिनानिष्कर्ष टुंगिएको एमाले सचेतक महेश बर्तौलाले बताए।

‘हामीले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग राख्यौं। उहाँहरूले सत्ता गठबन्धनमा छलफल गर्न अलिकति समय माग गर्नुभयो। आजको बैठक सकियो, निष्कर्षमा पुग्न सकिएन,’ उनले भने।

सभामुख घिमिरेको पहलमा सोमबार मध्याह्न पनि शीर्ष नेता, प्रमुख दलका मुख्य सचेतक, सचेतकहरूबीच छलफल भएको थियो।

साढे तीन बजे पुनः बसेर निष्कर्षमा पुग्ने भने पनि दुवै पक्षको अडानका कारण छलफल टुंगोमा पुग्न सकेन।

सुन प्रकरण छानबिन गर्न समिति बनाउने विषयमा सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको बैठक मंगलबार अपराह्न ३ बजे सम्मका लागि स्थगित भएको छ। 

सूचना टाँसेर बैठक स्थगित गरिएको यो तेस्रो पटक हो।

साउन १० गते बसेको प्रतिनिधि सभा बैठकमा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै बैठक चल्न दिएको थिएन। त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेरै स्थगित भएको थियो।

सदनको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोनमा कुराकानी गरेको पनि उनका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।

त्यसबीचमा प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरे पनि समस्याको समाधान निस्कन सकेको छैन।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै