बाढीले बगाएर धनुषामा एक जनाको मृत्यु

Posted on: 08 Aug, 2023

साउन २३, धनुषा | धनुषामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । 

जिल्लाको मिथिला नगरपालिकास्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने अजय कुमार यादवको मृत्यु भएको हो । 

गाउँ नजिकै रहेको बसही खोलाले बगाउँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिओअक कार्कीले जानकारी दिए ।

मंगलवार विहान शौच गर्न गएका उनलाई खुट्टा चिप्लिएर बाढीले बगाएको प्रहरीले जनाएको छ । 

स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनलाई उद्धार गरेर अस्पतालमा पुर्‍याएपनि उपचारको क्रममा मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!