नागढुंगाबाट ३५ लाख रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद

Posted on: 11 Aug, 2023

साउन २६, काठमाडौँ | प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ ।

भैरहवाबाट आएको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो । घटनाको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन् । प्रहरीले भक्तपुरबाट पनि १५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको बुझिएको छ ।

पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद भएको छ । यसबारे काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गर्दैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!