२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

स्वास्थ्य शिविरबाट पाँच सय लाभान्वित

१६ आश्विन २०७३, आईतवार ०३:१२

असोज १६, बाबियाचौर (म्याग्दी) । म्याग्दीको बरंजा–४ आरवाङमा शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ५०० जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय र गतिशील युवा क्लबले आयोजना गरेको एकदिने शिविरबाट ५०९ जनाले सेवा लिएका हुन् । बरंजा, अर्मन, भकिम्लीलगायत ठाउँका बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिइएको थियो । 

जिल्ला अस्पतालका चिकित्सक धीरेन मल्ल, अम्बालिका शाक्य, अनिल पोख्रेल, शशिकृष्ण लामिछानेलगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिनुभएको थियो । बाथरोग, हाइड्रोशील, पाठेघर, हर्निया, हाडजोर्नी, ग्यास्टिक, नशा रोगको उपचारका साथै भिडियो एक्स–रे सेवा दिइएको थियो । 

पाठेघर, हर्निया र अन्य रोगका शल्यक्रिया गर्नुपर्ने २२ जना बिरामी पहिचान गरी जिल्ला अस्पतालमा पठाइएको छ । ५९ जनाले भिडियो एक्स–रे सेवा लिएका छन् । रु १४ लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको क्लबका अध्यक्ष सिंहवीर बुढाथोकीले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो