असोज १६, म्याग्दी | म्याग्दीका जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्न सुरु गरिएको छ । 

महिला तथा बालबालिका कार्यालय म्याग्दीले ६० वर्ष उमेर पूरा गरेका नागरिकला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, म्याग्दी | म्याग्दीका जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्न सुरु गरिएको छ । 

महिला तथा बालबालिका कार्यालय म्याग्दीले ६० वर्ष उमेर पूरा गरेका नागरिकला"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

जेष्ठ नागरिकलाई परिचयपत्र वितरण

१६ आश्विन २०७३, आईतवार ०३:१५

असोज १६, म्याग्दी | म्याग्दीका जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्न सुरु गरिएको छ । 

महिला तथा बालबालिका कार्यालय म्याग्दीले ६० वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्न थालेको हो । २६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिबार पहिलोपटक ४५ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । 

प्रत्येक महिनाको २ गते कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । विसं २०६८ मा भएको गणगणनाअनुसार एक लाख १३ हजार जनसङ्ख्या रहेको म्याग्दीमा ज्येष्ठ नागरिकको सङ्ख्या आठ प्रतिशत छ । 

परिचयपत्र भएका ज्येष्ठ नागरिकले सार्वजनिक यातायातका साधन र सरकारी अस्पतालमा ५० प्रतिशत छुटको सुविधा पाउने भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने