२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्लिनिकले गर्भपतन गराउन जथाभावी औषधि दिएपछि धनगढीकी एक महिलाको मृत्यु

२६ श्रावण २०८०, शुक्रबार ११:५३

साउन २६, काठमाडौँ | क्लिनिकले गर्भपतन गराउन जथाभावी औषधि दिएपछि धनगढीकी एक महिलाको मृत्यु भएको छ। 

मेरी स्टोप सामुदायिक क्लिनिक धनगढीमा गर्भपतन गराउन पुगेकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनका आफन्तले क्लिनिक सञ्चालकले जथाभावी औषधी दिएकोले प्रितिको मृत्यु भएको आरोप लगाएका छन्।

मृतकका आफन्तका अनुसार बिहीबार दिउँसो गर्भपतन गराउन औषधी खाएपछि प्रितिको अत्यधिक रगत बगेको थियो। क्लिनिकमा औषधि दिए पनि उपचार गर्न नसकेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायले जानकारी दिए।

मृतक महिलाका परिवार र आफन्तले क्लिनिक सञ्चालकको लापरवाहीका कारण मृत्यु भएको भन्दै नाराबाजी गरेका थिए। उनीहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेर क्लिनिक सञ्चालकले प्रितिको हत्या गरेको भन्दै आजिवन सजाय र क्षतिपूर्तिको माग गरे।

प्रहरीले घटनाको अनुसन्धान गर्दा गर्भपतन गराउन क्लिनिक सञ्चालकले दिएको औषधि सेवनबाट महिलाको मृत्यु भएको देखिएपछि क्लिनिक सञ्चालक २५ वर्षीय विनोदमणि जोशीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार सोही घटनामा उनकी पत्नी समेतको संलग्नता रहेको छ। उनकी २२ वर्षीया पत्नी आयुशा ओझा भने फरार छिन्।

मृतक महिलाका परिवारले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको बताएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै