हनुमानढोका दरबार परिसरमा यी ९ कार्य गर्न महानगरले रोक लगायो

Posted on: 11 Aug, 2023

साउन २६, काठमाडौँ | महानगरपालिकाले हनुमानढोका दरबार परिसरमा विभिन्न ९ वटा कार्य गर्न रोक लगाएको छ । महानगरपालिकाकाअनुसार दरबार क्षेत्र भित्रको खुला ठाउँमा धुम्रपान, मध्यपान गर्न रोक लगाइएको छ ।

 सो क्षेत्रमा पर्यटकलाई असहज किसिमले सामानहरू बिक्री गर्न र भिख माग्ने कार्य गर्न पाइने छैन ।  यस्तै चिया तथा  मकै बेच्न रोक लगाइएको छ भने  रातको समयमा दरवार परिसरमा सुत्न र बास बस्न पनि रोक लगाइएको छ । 


यस्तै खेलकुद जन्य कुनै पनि गतिविधि गर्न, पोष्टर टाँस्न र कुनै पनि विज्ञापन गर्नसमेत महानगरले रोक लगाएको छ।   

यसैगरी चलचित्र छाँयाङ्कन, नाचगान जन्य गतिविधि एवं अन्य कुनै पनि भिडियो खिच्ने कार्यहरु सम्बन्धित निकायको अनुमति बिना गर्न तथा गराउन रोक लगाइएको छ । 

यस्तै प्राचिन स्मारक तथा धार्मिक आस्थामा आँच आउने कुनै पनि कार्यहरु गर्न नपाइने गरी महानगरपालिकाले रोक लगाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!