काठमाडौँमा हाल सञ्चालनमा रहेका टिकट बुकिङ काउन्टर भदौ १ गतेदेखि बन्द

Posted on: 12 Aug, 2023

साउन २७, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले हाल सञ्चालनमा रहेका टिकट बुकिङ काउन्टरहरू भदौ १ गते देखि हटाइने जनाएको छ । लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने भन्दै हटाउने जनाएको हो । 

काउन्टर सञ्चालन गर्न महानगरमा दर्ता गराउन समेत महानगरले आग्रह गरेको छ । जथाभाबी काउन्टर राख्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र सञ्चालन गर्न सूचना जारी गरेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!