१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on: 12 Aug, 2023

साउन २७, दाङ | दाङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । दाङको  घोराही उपमहानगरपालिका-३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 ती बालिकालाई गुरूङले साउन ५ गते ललाई फकाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!