किशोरीको शव भेटिएको ७ दिनपछि माण्डु हाइड्रोमा एक पुरुष मृत फेला

Posted on: 13 Aug, 2023

साउन २८, काठमाडौँ | मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डुस्थित माण्डु हाइड्रोपावरमा एकजना पुरुषको शव भेटिएको छ । आज बिहान अपरिचित पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गइरहेको छ ।

गएको साउन २१ साउन गते पनि सोही हाईड्रोपावरमा अन्दाजी १७ वर्षीया किशोरीको शव भेटिएको थियो । उनको पनि अहिलेसम्म नामथर खुलेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!