२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

खोलाबाट ढुङ्गा-गिट्टी चोरी निकासी रोक्न माग

२०७३, १६ आश्विन आईतवार ०३:२२

असोज १६, पथरी (मोरङ) । मोरङका खोलाबाट ढुङ्गा गिट्टीको चोरी निकासी बढेको छ । नदी नियन्त्रण उपभोक्ता समिति मोरङका अध्यक्ष अम्बिका बोहोराका अनुसार मोरङको मावा, बक्राहा, चिसाङ, डास, सीता, खदम, केर्खालगायतका खोलाबाट रातको समयमा बालुवा, ढुङ्गा, गिट्टी रातभरि ट्र्याक्टरले निकासी गर्ने गरिएको छ । 

अध्यक्ष बोहोराले उर्लाबारी नगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयको समेत ध्यानाकर्षण गराउनु भएको छ । उक्त समितिले चोरी निकासी रोक्न माग गरेको छ । 

केर्खा खोला नजिकैको घरमा बस्दै आउनुभएका स्थानीय हरि खड्काका अनुसार राति ढुङ्गा गिट्टी बालुवा चोरी गर्दा वातावरण असान्त भएका कारण नदी नियन्त्रण उपभोक्ता समिति र उर्लाबारी–३ स्थित चन्द्रमा टोल नदी नियन्त्रण उपभोक्ता समितिले चोरी निकासी रोक्न माग गरेको हो । रातको समयमा ढुङ्गा गिट्टी बालुवा चोरी निकासी गर्दा गाउँ बस्तीमा हो–हल्ला गरेर सुतिराखेका स्थानीयवासीको निद्रा खलबल्याएको र थप अरु सामग्री चोरी हुने जोखिम बढेको स्थानीय प्रशासनसँग शान्ति सुरक्षा दिन माग गरिएको अध्यक्ष बोहोराको भनाइ छ । 

सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थ निकासीमा रोक लगाए पनि कार्यान्वयनमा कडाइ नहुँदा प्रहरीको मिलेमतोमा रातको समयमा मोरङका खोलाबाट यस्ता वस्तु अवैध रुपमा निकासी भइरहेको पाइएको डास खोलाको छेउमा बस्दै आएका मोहन लिम्बूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै