२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सार्वजनिक सुनुवाइ सम्पन्न

२०७२, १९ कार्तिक बिहीबार १८:०४

कात्तिक १९, हेटौँडा । निबुवाटार र भैँसे गाविसमा सञ्चालित विकास निर्माणका कामहरुका
बारेमा प्रत्यक्ष सरोकार राख्ने स्थानीयबासीहरुमाझ सार्वजनिक सुनुवाई आयोजना गरिएको छ ।

निबुवाटार गाविसमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै अधिकाँश
स्थानीयबासिन्दाले विकासे योजनाहरु सञ्चालन गर्दा राजनीतिकरण हुनेगरेको आरोप लगाए । आफूहरुले छानेका
योजनाहरु जिल्ला परिषदबाट पास नभएको तर्क गर्दै स्थानीयहरुले यसमा राजनीतिकरण भएको हो कि भनेर सोधेका
थिए । निबुवाटार गाविस ४ नं वडाका स्थानीयबासिन्दा बाबुलाल सिन्तानले आफूले दशैँअघि नै ट्रेक्टर गुड्ने
गरी वातावरण बनाए पनि योजनामा असाध्यै कम मात्रै रकम बिनियोजन भएको भन्दै आक्रोश पोखे । उनले गाउँबाट
जिल्ला परिषद पठाइएको योजनामा जम्मा १ लाख ५० हजार रुपियाँ मात्रै परेको भन्दै उनले दशैँमा आफ्नो वडाबाट
उत्पादित तरकारी बजार लगेर बेच्न समस्या भएको बताए । उनले बाटो मर्मत नहुँदा एक भारी तरकारी सडकसम्म
बोकेबापत ५ सय रुपियाँ तिर्नुपरेको बाध्यता सुनाए ।

त्यसैगरी
कार्यक्रममा बोल्दै स्थानीय प्रकाश पौडेलले भूकम्पको क्षति विवरण संकलनमा समस्या आएपछि पुनः संकलनका
लागि निवेदन दिए पनि अहिलेसम्म सुनुवाई नभएकाले वडा नागरिक मञ्चका संयोजकहरु तनावमा परेको पीडा सुनाए ।
उनले सबै समस्या संयोजकहरुलाई सोध्ने गरेकाले स्थानीयबासिन्दालाई जबाफ दिने कुनै बाटो नभएकाले यसबारे
प्रष्ट पार्नुपर्नेमा जोड दिए । अर्का जिज्ञासाकर्ता एमाओवादी निबुवाटारका मानबहादुर लामाले
निुबुवाटारमा सञ्चालित ५ वटा सडक योजना निर्माणका लागि बजेट अपुग भएको र कनिका छरेजस्तरी जिल्ला विकास
समितिले व्यवहार गरेको आरोप लगाए । सबै गुनासाकर्ताको जबाफ दिँदै जिल्ला प्राविधिक प्रमुख निर्मल
प्याकुरेलले दुध, तरकारी तथा पशुजन्य उत्पादनको बजार प्रवद्र्धनका लागि मोटरबाटो अनिबार्य भएकाले यस्ता
शीर्षकहरु प्राथमिकतामा रहने बताए । उनले आगामी दिनमा पनि प्राथमिकतामै राखेर जिल्ला विकास समितिले
व्यवहार गर्ने बताए । त्यसैगरी प्याकुरेलले राजनीतिक आधारमा कहिँकतै व्यवहार नगरिएको प्रष्ट पारे

केही बर्षअघि सम्म त्यस्ता राजनीतिक ब्यवहार हुनेगरेको पाइए
पनि हाल त्यस्ता कुनै पनि बदनियत कसैले नराख्नेगरेको उनले प्रष्ट पारे । सार्बजनिक सुनुवाईमा प्रमुख
अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले अहिले स्थानीय निकाय जनप्रतिनिधिबिहिन
भएकाले एकजना गाविस सचिवले ४५ जनाले गर्नुपर्ने काम एक्लैले गर्नुपरेको बाध्यता सुनाए । स्थानीय निकायको
निर्वाचन नभएसम्म यो समस्या जारी रहने भन्दै उनले निर्वाचनका लागि दबाब दिन राजनीतिक दलका नेताहरुलाई
आग्रह गरे । उनले भूकम्पपीडितहरुको पुनः क्षति बिवरण संकलनमा पनि जिल्ला दैविप्रकोप उद्धार समितिले
ध्यान दिएको बताए ।

नाकाबन्दीका कारण कार्यालयमा भीड बढेकाले
भूकम्पका बिषय ओझेलमा परेको उनको भनाई थियो । सार्वजनिक सुनुवाईअघि कार्यक्रमको संयोजन गरिरहेको नेपाल
पत्रकार महासंघका तर्फबाट निबुवाटार र भैँसे गाविसमा सञ्चालित योजनाहरुको कार्यसम्पादन र सेवाग्राहीका
धारणाहरुबारे तथ्यांकगत प्रस्तुति दिएको थियो । महासंघका सचिव कृष्ण सारुले महासंघले एकसाता लगाएर गरेको
सर्बेक्षणको प्रतिवेदन सार्वजनिक गरेका थिए भने जिल्ला विकास समितिका योजना अधिकृत किसान न्यौपाने,
भैँसे गाविसका सचिव शंकर थापा र निबुवाटार गाविसका सचिव माधव कँडेलले आफ्ना कार्यालयहरुबाट सम्पादन भएको
योजना र बजेट बिवरण सार्वजनिक गरेका थिए । स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापाको सभाध्यक्षतामा
भएको कार्यक्रममा जनजाति समन्वय समितिका उपाध्यक्ष भवसागर श्रेष्ठ, राजनीतिक दलका तर्फबाट एमाओवादीका
बलराम बलले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह