स्नातक दोस्रो वर्षको परीक्षामा मोबाइलबाट चिट चोरेपछि पूर्वमेयरको परीक्षा रद्द

Posted on: 14 Aug, 2023

साउन २९, काठमाडौँ | परीक्षामा चिट चोरेको पाइएपछि कैलाली गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम बहादुर देउवा कारबाीमा परेका छन् ।

स्नातक तह दोस्रो वर्षको परीक्षा अन्तर्गत आइतबार भएको नेपाली विषयको परीक्षामा देउवाले मोबाइलबाट चिट चोरेपछि परीक्षा हलबाट निकालिएका हुन् ।


उनको उक्त विषयको परीक्षा रद्द गरिएको छ । एमालेबाट मेयरमा निर्वाचित भएका उनी खप्तड बहुमुखी क्याम्पस मसुरियामा अध्ययनरत छन् ।

परीक्षा सुरु भएको एक घण्टा नबित्दै मोबाइलबाट चिट चोरेको पाइएपछि उनको परीक्षा रद्द गरिएको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसका प्रमुख अमर रावलले जानकारी दिए । देउवाले अन्य विषयको परीक्षा भने दिन पाउनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!