मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टर समात्न पुग्यौं: सीआईबी

Posted on: 14 Aug, 2023

साउन २९, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टरलाई नक्कली भनेर समात्न पुगेको दाबी गरेको छ ।

पक्राउ गरिएका डा. रञ्जितकुमार यादवलाई काउन्सिलको पत्रपछि छाडिएको सीआईबीले जनाएको छ । काउन्सिलले भुलबस यादवको नाम समावेश भएको भन्दै पत्र पठाएपछि यादवलाई छाडिएको सीआईबीले बताएको छ ।

यसअघि नक्कली शैक्षिक प्रमाण पत्र बनाएर एमबीबीएस अध्ययन गरेको भन्दै सीआईबीले यादवलाई साउन २५ गते भक्तपुरबाट पक्राउ गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!