एयरपोर्ट बाहिरबाट बरामद सुन पगालिँदै

Posted on: 14 Aug, 2023

साउन २९, काठमाडौँ | राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन पगालेर जाेखिने भएको छ ।

राजस्वले बरामद गरेको सुन राष्ट्र बैंकमा थालियो जोख्ने प्रक्रिया आजबाट सुरु गर्न लागेको हो ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजबाट सुन पगालेर जोख्न सुरु हुने बताए ।

आचार्यले भने, ‘आजबाट सुन जोख्न सुरु हुन्छ । सुरुमा आज हामीले एउटा ब्रेक शु खोलेर हामीले डेमो देखाउने छौँ । त्यसपछि सुन जोख्ने काम सुरु हुने छ । अब करिब १ घण्टापछि हामीले एउटा ब्रेक शुमा कति सुन छ भनेर डेमो देखाउने छौँ । त्यसपछि सुन जोख्ने काम हुने छ ।’

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ ।

राजस्वले बरामद गरेकाे ब्रेकशु सहितको सुनको तौल १५५ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!