असोज १६ पर्वत । नगरपालिकाको गल्लीगल्लीमा अबैध रुपमा संचालनमा आएका घरेलु मदिरा उत्पादन भट्टी तथा विक्रि गर्न होटलमा राखिएको मदिरा प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ ।   
    कुश्मा बजारको गल्लीगल्लीमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेको संख्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६ पर्वत । नगरपालिकाको गल्लीगल्लीमा अबैध रुपमा संचालनमा आएका घरेलु मदिरा उत्पादन भट्टी तथा विक्रि गर्न होटलमा राखिएको मदिरा प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ ।   
    कुश्मा बजारको गल्लीगल्लीमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेको संख्"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

घरेलु मदिरा नियन्त्रण अभियान,पहिला सम्झाइयो,पछि फालियो

२०७३, १६ आश्विन आईतवार ०६:५५

असोज १६ पर्वत । नगरपालिकाको गल्लीगल्लीमा अबैध रुपमा संचालनमा आएका घरेलु मदिरा उत्पादन भट्टी तथा विक्रि गर्न होटलमा राखिएको मदिरा प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ ।   
    कुश्मा बजारको गल्लीगल्लीमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेको संख्या बढेको पाइए पछि अघिल्लो महिनामा सचेतना जगाउदै हिडेको प्रहरी अहिले धमाधम मदिरा नियन्त्रणमा लिन थालेको छ ।
     सचेता जगाएता पनि मदिरा उत्पादन नरोकिएकोले नियन्त्रणमा लिनको लागि बाध्य भएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यलय, घरेलु, नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र, र ट्राफिक कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गर्दा अवैद्य रुपमा  उत्पादन तथा विक्रि गर्नको लागि तयार पारिएको घरेलु मदिरा      प्रहरीले नियन्त्रणमा लिइ नष्ट       गरेको हो । चाडपर्व शुरु भएसँगै    मदिराको विकविक बढेपछि घरेलु मदिरा नियन्त्रण अभियानमा प्रहरी र सरोकारवाला निकाय जुटेको      हो ।  
    अनुगमन टोलीले      खरेहा शिवालय चोक, बडागाउँ र प्रगतिचोक लगायतका चोक बाट झण्डै २ हजार भन्दा बढी घरेलु मदिरा नष्ट गरेको छ । अनुगमन क्रममा टोलीले १ सय घरमा अबैध रुपमा घरेलु मदिरा उत्पादन हुने गरेको भेटाएको       छ ।
    चाडपर्व शुरु भएसँगै       मदिराको प्रयोग बढ्ने भएकोले अनुगमन थालिएको र अनुगमनलाई अझै तिब्रताका साग अगाडि बढाईने   प्रहरी निरिक्षक मधुकर जग बिष्टले बताए ।
    उनले पटक पटक सबैलाई सचेत गराउँदा समेत अटेर गरेपछि आफुहरु अभियानका साथ अगाडि बढेको जानकारी दिए । प्रहरी मदिरा नष्ट गरेको छ भने उत्पादन गर्ने समाग्रीहरु जफत गरेको छ ।
     घरेलु मदिरा बेच्नेले भन्दा पनि जिल्लामा ठूलाठूला ब्राण्डका रक्सी बेच्नेहरुको विगविगी छ । रक्सी विक्रि      वितरण गर्नको लागि आवश्यक पर्ने मापदण्ड तथा इजाजत नलिई  विदेशी ब्राण्डका रक्सी बेच्नेहरुको जमातमा कमि छैन ।
    त्यस्त होटल संचालकलाई निरन्तरणमा लिइ कानूनी दायरामा ल्याउनको सट्टा सरोकारवाला निकायले परिवार पाल्नको लागि संचालन गरेको     घरेलु मदिरा उत्पादनमा आँखा लगाएको सर्वसाधरणको गुनासो     छ ।
    सानालाई ऐन ठूलालाई चैन भनेजस्तो गरी विदेशी तथा स्वदेशी ब्राण्डका गैरकानूनी तबरबाट रक्सी बेच्नेहरुलाई पक्राउ गर्नको लागि भने कसैले पहल गर्न सकेको छैन । यता जिल्ला प्रहरी कार्यलय पर्वतले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने भन्दै सवारी चेकजाँचमा कडाई        पारिएको छ ।
    यसैविच दशै तिहारमा यात्रुहरु ठगिने भन्दै प्रहरीले नागरिक साहेता कक्षको स्थापना गरेको छ । शिवालय चोकमा नागरिक सहायता स्थापना गरी घटस्थापनाको दिनदेखि प्रहरीले सवारी साधनमाथि निकै निगरानी राखेको छ । आफुलाई ठगिएको महसुस भए वा तोकिएको भन्दा बढी भाडा मागेमा वा सहचालकले दुख दिएमा उजुरी गरे आफुहरुले त्यस्ता बस व्यवसायीलाई तत्काल कारवाही गर्ने प्रहरीले जनाएको छ । प्रहरीले यतिबेला जिल्लामा विभिन्न अपराधमा फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई समेत तिब्रता दिएको छ । हालसम्म हप्ता दिनमा ३ दर्जन भन्दा बढी फरार अभियुक्तलाई    प्रहरीले नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याइसकेको छ ।
    यता बाग्लुङ प्रहरीले पनि विभिन्न स्थानबाट ठूलो मात्रमा घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको छ ।  १५ हजार भन्दाबढी लिटर मदिरा तथा कर्चा पदार्थ नियन्त्रणमा लिइ नष्ट गरेको हो । चाडपर्वमा मदिराको प्रयोग बढ्ने र यसले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भएका कारण मदिरा नियन्त्रण अभियान चलाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन