३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय पुरुष भलिवल सुरु, सशस्त्र र आमीको विजयी सुरुवात

२१ कार्तिक २०७२, शनिबार ०४:४४

कात्तिक २१, हेटौंडा / हेटौंडा उपमहानगरपालिका–२९, बस्तीपुरमा शुक्रबारबाट
स्व. केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । युवा तथा खेलकुद समन्वय
समिति हेटौंडा–२९ को आयोजनामा भएको प्रतियोगिताको पहिलो दिनमा दुई खेल सम्पन्न भएका छन् । प्रतियोगिताको
उद्घाटन दिनमा एपीएफले महोत्तरीलाई २५–१८, २५–९ र २५–१६ को सेटमा पराजित गर्दै समूह ‘क’ को शीर्षस्थानमा
रहेको छ ।

नेपाल आर्मीले आयोजकलाई २५–७, २५–१९ र २५–१७ को सोझो
सेटमा पराजित गर्दै समूह ‘ख’को शीर्षस्थानमा रहेको छ । प्रतियोगिताको उद्घाटन नेपाली का“ग्रेसका
महामन्त्री कृष्ण सिटौलाले गरेका थिए । प्रतियोगिताको समूह ‘क’ मा एपीएफ, महोत्तरी, पूर्वाञ्चल र स्व.
लक्ष्मीनारायण ट्रष्ट छन् भने समूह ‘ख’ मा नेपाल आर्मी, पश्चिमाञ्चल, चितवन भलिबल संघ र आयोजक रहेको
संयोजक राजेश भेटवालले जानकारी दिए ।

वैशाख १२ गतेको भूकम्पमा
परेर ज्यान गुमाएका राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत् भलिवलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको
योगदानलाई जीवन्त राख्ने र ग्रामीण स्तरमा समेत भलिवल खेल विकास गर्ने उद्देश्यसाथ आयोजना गरिएको आयोजक
सल्लाहकार तथा प्राविधिक संयोजक बसन्त सिटौलाले बताए । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना
हुने टिमले क्रमश ः नगद ७५ हजार, ४५ हजार, २५ हजार र १५ हजार रुपियाँ प्राप्त गर्ने बताइएको छ । वेष्ट
प्लेयर र प्रशिक्षकलाई नगद ७ हजार ५ सय रुपियाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट विधाका खेलाडीले नगद ३
हजार ५ सय रुपियाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ