२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

टेम्पो संघ द्धारा व्यवसायीलाई मासिक शुल्क छुट

२२ कार्तिक २०७२, आईतवार १२:३४

कात्तिक २२, हेटौंडा । टेम्पो तथा मझौंला यातायात व्यवसायी
संघद्धारा सञ्चालित सबैं सवारीलाई संघले मासिक शुल्क छुट दिएको छ । भारतले गरेको नाकाबन्दीका कारण देशमा
बिद्यमान ईन्धन अभावलाई मध्यनजर गर्दै संघले आफ्ना व्यवसायीहरुलाई मासिक शुल्कमा छुट दिने निर्णय गरेको
टेम्पो तथा मझौंला यातायात व्यवसायी संघका अध्यक्ष प्रदिपराज गिरीले जानकारी दिनुभयो ।
ईन्धन अभावका
कारण संघमा आवद्ध व्यवसायीहरुले महङ्गो मुल्यमा ईन्धन खरिद गरेर आफ्ना सवारी सञ्चालन गरिरहेका कारण
मासिक शुल्क मिनाह गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । सहज रुपमा ईन्धन नपाएका कारण अहिले
व्यवसायीहरुले प्रतिलिटर डिजेल २ सय ५० रुपैंयासम्म मुल्य तिर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरुको
गुनासो छ ।

भारतले नाकाबन्दी गरेपछी संघले जिल्ला प्रशासन कार्यालय संगको सहकार्यमा ३ पटक
ईन्धनको कुपन बितरण गरेको भएपनि त्यो पर्याप्त नभएको अध्यक्ष गिरीले बताउनुभयो । जिल्ला प्रशासन संगको
सहकार्यमा संघले बितरण गरेको कुपनको ईन्धनले एक दिन पनि सवारी चल्न नसक्ने गिरीको भनाई छ । टेम्पो तथा
मझौंला यातायात व्यवसायी संघद्धारा सञ्चालित २ सय १४ वटैं सवारीहरुलाई मासिक शुल्क छुट गरिएको गिरीले
जानकारी दिनुभयो ।
नाकाबन्दीका कारण ईन्धन अभाव भएपनि यात्रुहरुको सहजताका लागी सघले मासिक शुल्क छुट
गरेरैं भएपनि सेवा प्रदान गरेको गिरीको भनाई छ । अहिले देशमा राष्ट्रिय संकट परेको छ अध्यक्ष गिरीले
भन्नुभयो यस्तो बिषम परिस्थितीमा हामी व्यवसायीले पनि यात्रुहरुलाई सेवा दिनुपर्छ । महङ्गो मुल्यमा
ईन्धन खरिद गरेर सवारी सञ्चालन गर्नुपरेको भएपनि आफ्नो संघमा आवद्ध सवारीले यात्रु संग बढी भाडा नलिएको
गिरीको दावी छ । संघ द्धारा सञ्चालित सवारीलाई दैंनिक २५ सय लिटर ईन्धन आवश्यक पर्ने गिरीले जानकारी
दिनुभयो । टेम्पो संघले आफ्ना सवारीलाई मासिक शुल्क छुट दिएको भएपनि देशभर कैं ठुलो यातायात व्यवसायी
संस्थामा पर्ने नारायणी यातायात व्यवसायी
संघले कुनैं किसिमको छुट र सहुलियत दिएको छैंन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…