प्रभात सुवेदी । असोज १६, बर्दिया ।
क्षेत्रीय प्रहरी प्रमुख धीरु बस्न्यातले चाडबाडको समयमा प्रहरी संयन्त्रले तय गरेको सुरक्षा योजनाका बारेमा आज जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विस्तृतीकरण गर्नुभयो । कार्यक्रममा वहाँले विशेषगरी सुरक्षाका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज १६, बर्दिया ।
क्षेत्रीय प्रहरी प्रमुख धीरु बस्न्यातले चाडबाडको समयमा प्रहरी संयन्त्रले तय गरेको सुरक्षा योजनाका बारेमा आज जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विस्तृतीकरण गर्नुभयो । कार्यक्रममा वहाँले विशेषगरी सुरक्षाका "/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पाँच जिल्लामा प्रहरीको चाडबाड सुरक्षा याेजना

१६ आश्विन २०७३, आईतवार ०८:५२

प्रभात सुवेदी । असोज १६, बर्दिया ।
अञ्चल प्रहरी प्रमुख धीरु बस्न्यातले चाडबाडको समयमा प्रहरी संयन्त्रले तय गरेको सुरक्षा योजनाका बारेमा आज जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विस्तृतीकरण गर्नुभयो । कार्यक्रममा वहाँले विशेषगरी सुरक्षाका लागि तय गरिएको कार्ययोजनालाई  अद्यावधिक पुर्नचक्रका रुपमा ल्याइएको र चाडबाडको समयमा आउन तथा हुन सक्ने खतराहरुलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सवालमा जानकारी गराउनुभएको थियो ।


शान्ति सुरक्षाको प्रत्याभूति दिनका लागि दैलेख जाजरकोट, सुर्खेत बाँके बर्दिया गरी ५ ओटा जिल्लाहरुका लागि तय गरिएका २२ बुँदे अञ्चल कार्ययोजनामा एउटा बुँदामा दशैंतिहारको सुरक्षाको बारेमा उल्लेख भएकोले हिजोको दिनमै गरिएका कामहरुलाई निरन्तरता दिँदै अबका दिनमा प्रविधिक रुपमा शशक्त टिमलाई परिचालित गरी हिजोको दिनभन्दा क्षेत्र फराकिलो र शंसोधन गरी अगाडि बढिने जानकारी गराउनुहुँदै अहिले सरकारी कार्यालयका कर्मचारी बाहिर जाने र खाली हुने भएकोले चोरी लगायतका खटना हुने भएकोले महत्वपूर्ण प्रतिष्ठान निकायहरुको सुरक्षा गरिने तथा राजमार्गमा हुने सडक दूर्घटनाका कारण मानवीय क्षती हुने भएकोले यातायातलाई सहज बनाउन प्रयास रहने जानकारी गराउनुभयो । २०७१/०७२ भन्दा ०७२/०७३ मा सडक दुर्घटनामा ज्यादै न्यूनीकरण भएकोमा खुसी व्यक्त गर्नुहुँदै अञ्चल प्रहरी प्रमुख धीरु बस्न्यातले राष्ट्रिय योजना अनुसार नै लामो दूरीका यातायातमा २ जना चालक अनिवार्य रुपमा हुनुपर्ने भएकोले सो अनुसार गरिए वा नगरिएको अनुगमन गरिने बताउनुभयो ।


जुवातास नियन्त्रणका सवालमा गतवर्ष १२३ जनालाई कारवाही गरिएको ले अहिले अझै वैज्ञानिक तरीका अपनाइने कडाईका साथ निगरानी गरिने जानकारी गराउनुहँदै गत वर्ष कारवाहीमा परेका जुवाडेहरुको फोटो सहित अञ्चल प्रहरी कार्यालयमा वायोडाटा सहित राखिएकोले ती व्यक्तीहरुमाथि पनि निगरानी गरिने छ ।
“चाडबाडमा चोरी डकैंतीको बढी प्रकोप हुने भएकोले तालीम प्राप्त सुरक्षा संयन्त्र फरक कामका लागि फरक दस्ताहरु खटाइने र यसका लागि कडा भन्दा कडा निर्देशन दिइसकिएको छ ।”, क्षेत्रीय प्रहरी प्रमुख बस्न्यातले भन्नुभयो । यसैगरी आपूर्तिलाई सहज तथा नियमित बनाउने कालोबजारी, नक्कली र सक्कली सामानहरु अस्वस्थ्य खाद्य बस्तुहरु कुहिएको माछामासुको विक्रि हुन नदिन विशेष कार्ययोजना बनाइएको बताउनुभयो ।
पटका तथा आतसबाजी तथा विस्फोटक पदार्थहरुको आयात तथा प्रयोगमा नियन्त्रण गर्न पनि प्रहरी सक्रियताका साथ लागि पर्ने बताउनुहुँदै वहाँले नशालु पदार्थहरु ख्वाएर लुटपाट गराउने गिरोह सक्रिय रहेका स्थानहरु  बसपार्क लगायतका स्थानहरुमा सिसि क्यामेराहरु जडान गरिसकिएकोले यसबाट नियमित निगरानी गरिने भएकोले यस प्रकारका घटनाहरुमा कमी आउने वहाँले बताउनुभयो ।


घरेलु मदिरा उत्पादन तथा बेचविखन बिरुद्धमा बर्दियामा यहाँका आमा समूह तथा अन्य समुदायबाट सकारात्मक पहल भएकोमा तारीफ गर्नुभयो । सिमा नाकामा हुने लुटपाट नियन्त्रणका लागि पनि विशेष दस्ताहरु खटाइएको जानकारी दिनुभयो । विगतका इतिहासलाई हेरेर सवारी दूर्घटना नियन्त्रणका लागि प्रहरीको तर्फबाट कुनै पनि कसर बाँकी नरहने र यसका लागि जनचेतना जागृत गरिदिन आम सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाहरुको उत्तर दिनुहुँदै अञ्चल प्रहरी प्रमुख धीरु बस्न्यातले सम्भावित विकृति र विसङ्गतिहरुका सन्दर्भमा सामाजिक चेतना जगाउने खालका लेखहरु प्रकाशन गरिदिन साथै आ–आफ्नो सञ्चार माध्यममा कति सम्म स्थान दिन सकिन्छ यस सन्दर्भमा सूचना तथा जनचेतनामूलक सामग्रीहरु प्रकाशन तथा प्रसारण गरिदिनका लगि समेत अनुरोध गर्नुभयो ।
जनताहरुले राम्ररी खुसीका साथ चाडबाड मनाउन पाएमा मात्रै हामीले चाडबाड मनाएको अनुभूती हुन्छ भन्नुहुँदै यसका लागि सम्पूर्ण प्रहरी संयन्त्रलाई निर्देशन दिइसकिएको बताउनुभयो ।
कार्यक्रमको अन्तमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहराले सम्पूर्ण उपस्थित सञ्चारकर्मीहरुमा हिन्दुहरुको महान पर्वहरु विजया दशमी, दीपावली तथा छठको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

(यो समाचार अन्य सञ्चार माध्यमबाट प्रकासन तथा प्रसारण गर्नु परेमा साझा सबाललाइ स्राेत उल्लेख गरिदिनुहोला । सम्पादक : सास)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता