२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

उद्योग वाणिज्य संघलले उपभोक्ता ठगि गरेको ठहर

२०७२, २२ कार्तिक आईतवार १३:४५

कार्तिक २२, मकवानपुर / मकवानपुर उद्योग वाणिज्य संघले खाद्य बस्तुको मुल्य
बृद्घि गरेको विषयमा जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण मागेको छ । एक महिनाको बिचमा पटक पटक भारी
मूल्य वृद्घि गर्नुको कारण तीन दिनभित्र पेश गर्न प्रशासनले संघलाई आग्रह गरेको हो । संघले आज सोयाविन
तेल प्रतिलिटर २ सय ४५ रुपिया, सनफ्लवार तेल प्रतिलिटर २ सय ४५, तोरीको तेल २ सय ३० रुपिया, चिनीको
प्रतिकिलो ७५ रुपिया मूल्य कायम कायम गरिएको सूचना सार्वजनिक गरेको थियो ।

नेपालीहरुको महान पर्वमा उपभोक्तालाई मर्का पर्ने गरी मूल्य बृद्घि गरी उपभोक्तालाई ठगी गर्न
खोपछि चौतर्फी विरोध भइरहेको छ । भारतले गरेको अघोषित नाकाबन्दीको मौका छोपेर संघले खाद्य बस्तुको मुल्य
वृद्घि गर्दै, कालोबजारी गर्नेलाई समेत साथ दिन थालेपछि प्रशाशन कार्यालयमा आज बसेको बैठकले स्पष्टिकरण
सोध्ने निर्णय गरेको हो ।

प्रशासनले सर्वसाधारणलाई चाडपर्वलाई
मितव्ययी रुपमा मनाउन आग्रह गरेको छ । चिनी तेल लगायत खाद्यान्न सामाग्रीहरुको मूल्य नियमन गर्ने,
विभिन्न उपभोग्य बस्तुको आपुर्ति सहज बनाउनका लागि नियमन गर्ने प्रशासनले जनाएको छ । संकटका बेला
उपभोग्य बस्तुहरु लुकाई बिक्री वितरण नगर्ने गरेको पाइएमा प्रहरीको १०० मा फोन गर्न समेत प्रशासनले
सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन